
जासूसी भूउपग्रहलाई अन्तरिक्षमा पु¥याउने एक चिनियाँ रकेट शनिबार नेपालको हवाई क्षेत्रमा विष्फोट भएको भारतीय संचार माध्यम दैनिक भाष्करले जनाएको छ । यस्तै घटना गत साता अमेरिकाको टेक्सास राज्यमा पनि भएको थियो ।
अन्तरिक्ष विशेषज्ञ जोनाथन म्या कडोवेलका अनुसार यो रकेटको नाम चाङ झेङ २–डी लङ मार्च थियो । यसलाई गत वर्षको जुलाई २९ मा मध्य चीनको सिचांग स्याटेलाईट लन्च सेन्टरबाट छोडिएको थियो । यसले आपूmसँग तीन मिलिट्री सर्भिलेन्स स्याटेलाईट लिएर गएको थियो ।
यस किसिमको स्याटेलाईट अर्को देशको सेनाको निगरानी गर्नका लागि काम आउछ ।
यो रकेट २ सय दिन सम्म अन्तरिक्षमै बसेको थियो । यसपछि शनिबार वायुमण्डलमा फर्कियो र नेपालको हवाइ क्षेत्रमा विष्फोट भएको थियो । यो विष्फोट हुनाले अन्तरिक्षमा ४ टन फोहोर पैदा भएको थियो । यो रकेट चीनको नेशनल स्पेस एडमिनिस्ट्रेशन वाई–६५ मिशनको हिस्सा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाकिस्तानमा पिठोको मूल्य १२० प्रतिशत र प्याज २२८ प्रतिशतले बढ्यो
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल