
३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने पत्र संसद् सचिवालयमा बिहीबार दर्ता भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विश्वासको मत लिने प्रस्ताव राख्न अनुरोधसहितको सो पत्र दर्ता भएको हो ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई दुई सांसदबाहेक सबै दलका २ सय ६८ मत पाएका थिए । एमालेसहितका दलको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड नेतृत्वको सरकारलाई एमाले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।
१० पुसमा बनेको एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा गठबन्धन राष्ट्रपति निर्वाचनअघि फुटेर नयाँ गठबन्धन बनेको छ । अहिले प्रचण्ड नेतृत्वको सरकारलाई विभिन्न १० दलको समर्थन रहेको छ ।
अहिलेको सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रसँग ३२, कांग्रेससँग ८९, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, लोसपासँग ४, नाउपा ४, जनमत पार्टीसँग ६, आमजनता पार्टीसँग १, राष्ट्रिय जनमोर्चासँग १ र नेपाल समाजवादी पार्टीसँग १ सांसद संख्या रहेको छ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत विश्वासको मत दिँदै छन् । १ सय ६१ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने समाचार आजको राजधानी दैनिकले छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाकिस्तानमा पिठोको मूल्य १२० प्रतिशत र प्याज २२८ प्रतिशतले बढ्यो
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल