Dark

प्रभुसँगको मर्जरलाई कायम राख्दै महालक्ष्मीले प्रिमियममा ९० लाख कित्ता आइपिओ निष्काशन गर्ने

खबरमुकाम । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रभु लाइफसँगको मर्जरलाई कायम राख्दै ९० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। प्रभुसँग मर्जरको सहमतिमा हस्ताक्षर गरेको महालक्ष्मी लाइफले मर्जर कमिटीको सहमतिमै प्रिमियममा आइपिओ जारी गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । यसअनुसार कम्पनीले सोही चुक्ता पूँजीको आधारमा सर्वसाधारण तर्फ ३० प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको हो। प्रिमियममा आइपिओ निष्काशन गर्दा कम्पनीले नेटवर्थको दुई गुणासम्म पाउने छ। 

कम्पनीले पछिल्लो आर्थिक वर्ष अर्थात् २०७६।७७ सार्वजनिक गरेको लेखापरीक्षण अनुसार प्रतिशेयर नेटवर्थ १०७.६८ रुपैयाँ रहेको छ। यस पछिको आव २०७७।७८ र ०७८।७९ को लेखापरीक्षण गर्न बाँकी रहेको हुँदा प्रतिशेयर नेटवर्थ अझ बढि हुनेछ। यसलाई आधार मानेर हेर्दा पनि कम्पनीले एक सय रुपैयाँ भन्दा बढि प्रिमियममा आइपिओ जारी गर्ने देखिन्छ। 

महालक्ष्मी लाइफले प्रभु लाइफ इन्स्योरेन्ससँगको मर्जर पश्चात् एफपिओ निष्काशन गर्ने योजना बनाएको थियो। तर, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड (सेबोन) वीच प्रिमियममा आइपिओ जारी गर्ने विषयमा सहमति भएपछि कम्पनीले हाल प्रिमियममा आइपिओ निष्काशन गरेर मात्रै मर्जरमा निर्णय गरेको हो। 

मर्जर पश्चात् महालक्ष्मी लाइफको चुक्ता पूँजी तीन अर्ब पुग्नेछ। हाल महालक्ष्मी लाइफको जगेडा कोषमा ३२ करोड ५९ लाख रुपैयाँ रहेको छ। यता, प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब रहेको छ भने जगेडा कोषमा ५९ करोड रुपैयाँ रहेको छ।

यी दुई कम्पनी मर्जर हुने वित्तीकै चुक्ता पूँजी ५ अर्ब पुग्नेछ । साथै जगेडा कोष पनि २ अर्ब भन्दा माथि पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै