Dark

एनएमबी बैंकद्वारा १६ क्रिकेट खेलाडीलाई जनही २१ हजार पुरस्कार घोषणा

खबरमुकाम । एनएमबी बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरुप जनही नगद २१ हजार प्रदान गर्ने घोषणा गरेको छ । प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।

२०१९ देखि सुरु भएको विश्व क्रिकेट लिग–२ का ३५ खेलमा १८ वटामा नेपालले जित हात पार्दै शीर्ष ४ मा प्रवेश गरेको छ । नेपालले सुरूवाती चरणका खेलहरूमा कमजोर प्रदर्शन गरे पनि पछिल्ला ११ खेल खेल्दा १० मा जित निकालेको छ ।

बिहीबारको खेलमा जित हात पारे नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग एक दिवसीय खेल्ने मौका पाउनेछ । यो नगद पुरस्कारले भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलेर हस्तान्तरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै