
भारतमा डाक्टरले गर्भमा रहेको बच्चाको अंगूर जत्रो मुटुको सफल शल्यक्रिया गरेका छन् । डाक्टरले बलुन डाइलेशन सर्जरी गरेर बच्चाको मुटुको बन्द भल्भ खोलेका हुन् । यो शल्यक्रियाका लागि डाक्टरहरुलाई केवल ९० सेकेन्ड मात्रै लागेको थियो । हाल आमा र बच्चा दुवै सुरक्षित छन् ।
शल्यक्रिया एआईआईएमएसको कार्डियोथोरासिक साइन्स सेन्टरमा गरिएको थियो । एआईआईएमएसका डाक्टरको टोलीले यो प्रक्रिया पूरा गरेका हुन् । अब टोलीले बच्चाको मुटुको कोठाको वृद्धिको निगरानी गरिरहेका छन् ।
महिलाको पछिल्ला तीन गर्भ असफल, गर्भमा बच्चालाई मुटुको समस्या
२८ वर्षकी महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । महिलाको तीन गर्भ तुहिएको थियो । डाक्टरले महिलाको मुटुको अवस्थाको बारेमा बताएका थिए र यसलाई सुधार गर्न शल्यक्रियाको सल्लाह दिएका थिए । यसलाई महिला र उनका पतीले स्वीकार गरे ।
जब बच्चा आमाको गर्भमा हुन्छ, तब केही गंभीर तरिकाको मुटु रोग पत्ता लगाउन सकिन्छ । यदि यसलाई गर्भमै उपचार गरेर ठीक पार्ने हो भने बच्चा स्वस्थ रहने सम्भावना बढ्छ र बच्चाको सामान्य विकास हुन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- सन्दीपको बलात्कार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु