
होन्डा मोटरसाइकल एन्ड स्कूटर इन्डिया (एचएमएसआई) ले भारतमा आज आफ्नो सर्वाधिक सस्तो बाइक प्रस्तुत गर्ने भएको छ । नयाँ बाइकको माध्यमबाट होन्डा इन्ट्रि –लेभल कम्यूटर मोटरसाइकल सेगमेन्टमा हीरो मोटोकर्पलाई टक्कर दिन चाहन्छ । यो बाइकले भारतमा सर्वाधिक बिक्री हीरो स्प्लेन्डर, एचएफ डिलक्स र बजाज प्लाटिनासँग प्रतिस्पर्धा गर्नेछ ।
यो बाइकको नाम होन्डा साइन १०० हुन सक्ने छ । बाइक कम्पनीको लोकप्रिय होन्डा साइन १२५ सीसी को सानो भर्सन हुने छ । कम्पनीले हालै मात्र कम खर्च, धेरै चर्चा ट्यागलाइनका साथ बाइकको मार्केटिङ भीडियो सोशल मीडिया प्लेटफर्ममा जारी गरेको छ ।
नयाँ बाइक फेयरिङ, वाइड पुल–बैंक ह्यान्डल बार, सिंगल–पीस सीट, एलओइ व्हील्स र साइल–स्लङ र साधारण ढाँचाका साथ ल्याइने भएको छ ।
बाइकको मूल्य ७० हजार भारु
यो होन्डाको सर्वाधिक कम इन्जिन क्षमताको बाइक हुनेछ । यसमा १०० सीसीको सिंगल सिलिन्डर, एयर–कुल्ल, फ्यूल–इजेक्टेड इन्जिन हुनेछ । बाइकको मूल्य ७० हजार भारतीय रुपैयाँ हुनेछ ।
हाल होन्डा सीडी ११० डिम कम्पनीको सर्वाधिक किफायती मोटरसाइकल हो । यसको मूल्य ७१,१३३ भारु रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाकिस्तानमा पिठोको मूल्य १२० प्रतिशत र प्याज २२८ प्रतिशतले बढ्यो
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल