
१ चैत । मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुका ७ बजे बकैया–१२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना८ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा एक जना मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक मकवानपुरगढी(२ अदुवाखर्कका २८ वर्षीय चन्द्र योन्जन रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।
टिपर शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानीमा ढुङ्गा लोड गर्न जाँदै थियो । टिपरमा चालक मात्र रहेको प्रहरीको भनाइ छ ।
यस्तै आज बिहान करिब ६ बजे हेटौंडा(११ थानाभर्याङमा ट्रकले ठक्कर दिंदा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम सडकखण्डमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको ट्रकले ठक्कर दिंदा घाइते महिलालाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
महिलाको थप सनाखत भएको छैन ।
ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु