Dark

‘भीर माहुरी’को म्युजिक भिडियो सार्वजनिक

खबरमुकाम । ‘भीर माहुरी’बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक आरसी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ शुक्रबार सार्वजनिक गरिएको हो।

गीतमा मोहन थापाको शब्द र गायक आरसीकै रहेको संगीत छ ।डान्सिङ विट रहेको भिडियोमा रोशन केसी र प्रियंका कार्कीको अभिनय रहेको छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफयोग्य बनेको छ ।

गीतकार थापाको प्रेमिल शब्दअनुसारको म्युजिक भिडियो बनेको छ। यस म्युजिक भिडियोमा निर्देशक शिवाकोटीले गीतको भावजस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन् । उनले रोशन र प्रियंकाको जोडीलाई जमाउन सफल भएका छन्। सार्वजनिक भिडियोमा रोशन र प्रियंकाको नृत्य हेर्न सकिन्छ ।

यस म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने विकाश दाहालको सम्पादन र रंग संयोजन रहेको छ । यस्तै, गीतको भिडियो नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै