Dark

साओमी १३ सिरिजका स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

खबरमुकाम । स्मार्टफोन निर्माता कम्पनी साओमीले नयाँ मोडेलको साओमी १३ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ। चिनियाँ कम्पनी साओमीले आफ्नो फ्ल्यागशिप सिरिजअन्तर्गत ‘साओमी १३’ बजारमा सार्वजनिक गरेको हो।

साओमी १३ सिरिज अन्तर्गत कम्पनीले साओमी १३, साओमी १३ लाइट र प्रिमियम भर्सनको साओमी १३ प्रो विश्व बजारमा ल्याएको छ । साओमी १३ सिरिजमा प्रयोग भएको क्यामेरा विश्वकै उत्कृष्ट मानिने लाइका ब्रान्डको हो । जसमा ७५ एमएम लाइका टेलिफोटो लेन्स प्रयोग भएको कम्पनीले जनाएको छ ।

यसमा ६.३६ इन्चको ओएलइडी डिस्प्ले छ। यस फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सलेको टेलिफोटो क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा छ। 
 

कम्पनीकाअनुसार ४  हजार ५०० एमएएच क्षमताको ब्याट्री समावेश रहेको यस फोनलाई ५० वाटको वायरलेस चार्जरले ४८ मिनेटमा फुल चार्ज गर्छ। त्यस्तै यस फोनसँगै उपलब्ध ६७ वाट चार्जरले ३८ मिनेटमा फुल चार्ज गर्न सक्छ। 

फोनमा १० वाट रिभर्स वायरलेस चार्जर छ। साओमी १३ को ८–१२८ जीबी भेरियन्टको मूल्य ३,९९९ युआन (करिब ७५ हजार ५०० रुपैयाँ) छ। त्यस्तै ८–२५६ जीबी भेरियन्टको मूल्य र १२–२५६ जीबी भेरियन्टको मूल्य क्रमशः ४,२९९ युआन (करिब ८१ हजार १६० रुपैयाँ) र ४,५९९ युआन (करिब ८६ हजार ८३० रुपैयाँ) छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै