Dark

राष्ट्रपति भण्डारी आज दाङ जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार (आज) दाङ जाँदै छिन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् ।

२४ करोड ७२ लाख ३८ हजार चार सय ६६ रुपैँया लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको आयुर्वेद शिक्षण भवनको आज राष्ट्रपति भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त भवन निर्माण कम्पनीले वि.सं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई हस्तान्तरण गरेको थियो ।

नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । 

उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको थियो । महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै