
काठमाडौं । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए ।
उनका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो । “किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेका हौँ”, उनले भने । अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पु¥याउनुपर्ने बाध्यता छ ।
तत्कालका लागि तीनवटा एम्बुलेन्स खरिद गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताए। उनका अनुसार सङ्घीय सरकारले रु ४० लाख बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा–आधा रकमको व्यवस्थापन हुनेछ । “सङ्घीय सरकारसँगै पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरिद गर्ने योजना हो”, उनले भने ।
गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिदका लागि करिब रु ८५ लाख खर्च लाग्ने अनुमान गरेको छ । “विशेषगरी वडा नं १ को भाराङ, हात्तीवाङ, वडा नं २ को मायाटार, वल्र्याङ र वडा नं ७ को दाहाखानीलगायतका क्षेत्रलक्षित गरी साधन खरिद गर्न लागेको हो”, अध्यक्ष गुरूङले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- सन्दीपको बलात्कार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु