
खबरमुकाम । सडकैपिच्छे ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्त स्वरुप प्रशस्तै देखिन्छन् र भेटिन्छन् । नेपालको संघीय राजधानी काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन हुन नसक्नु अर्को बिडम्बना छ ।
सडकका खाल्डाखुल्डी नागरिकले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर निस्किएर गाडी चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन । ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना बढिरहेका छन् ।
कतै सडकमा बत्ती नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरु जथाभाबी फालिएको छ । नो पार्किङ लेखिएका बोर्डहरु सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरु फालिएका हुन्छन् । सडक छेउको बारहरु भत्किएपछि मर्मतसम्भार नै वर्षौँसम्म हुँदैन । ट्राफिक बत्ती छ तर प्रयोगमा आएका छैन वा बिग्रिएको ट्राफिक बत्ती छ ।
यस्ता समस्या काठमाण्डौ उपत्यकाका धेरै सडकमा देख्न पाइन्छ ।–न्युज एजेन्सी नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- सन्दीपको बलात्कार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु
- राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति