Dark

रिलायन्स र सानिमा लाइफले मर्जर प्रस्ताव पारित गर्न बोलायो साधारण सभा 

खबरमुकाम । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । दुवै कम्पनीले फागुन १२ गते एकैदिन बिहान ११ बजे अलग–अलग स्थानमा वार्षिक सभा आव्हान गरेको हो । 

सानिमा लाइफले कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही काठमाडौंमा र रिलायन्स लाइफले लिसारा रिसेप्सन्स, नक्साल काठमाडौंमा पाचौं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने–गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित गर्नेछ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स गरी सो नामबाट जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने बताइएको छ । 


 

रिलायन्स र सानिमा लाइफ दुबै कम्पनीको डिडिए तथा अन्य सम्बन्धित मूल्य तथा मान्यता समेतका आधारमा शेयर अनुपात १ बराबर १ को अनुपात कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

दुवै कम्पनीले  साधारण सभा प्रयोजनको लागि माघ २९ गते बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार माघ २६ गतेसम्म कायम शेयरधनीहरुलेमात्र सभामा भाग लिन योग्य रहनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै