
खबरमुकाम । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङदेनसंग सिंहदरबारमा आज भेटबार्ता गरेको छ ।
मन्त्री लिङदेनसंग चेम्बरले नेपालको पानी जनताको लगानी भन्ने सरकारी नारालाई व्यवहारिक कार्यन्व्यन गर्न आग्रह समेत गरेको छ । मन्त्री लिङदेनसंगको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जलबिद्युत क्षेत्रमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्र्तग लगानी प्रर्वद्धन गरी स्वदेशमै ऊर्जाको खपत र निर्यातको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष मल्लले भने, ‘चरम व्यापार घाटा रोक्ने एक मात्रै विकल्प विद्युतको निर्यात हो । बर्खायाममा नेपालले साढे १० अर्व रुपैया“ हाराहारीमा विद्युत निर्यात ग¥यो । जलविद्युतमा स्वदेशी लगानी प्रर्वद्धन गरि खर्वको निर्यात गर्न अव ढिलाई गर्नुहुदैन, ।’उनले विद्युत आयोजना निर्माणमा हुने नीतिगत झण्झट अन्त्य एवं प्रसारण लाईन निर्माणलाई पनि तिव्र बनाउनुपर्नेमा जोड दिए । रेमिट्यान्सको पैसालाई विद्युतमा लगानीका लागि प्रोत्साहन गर्ने गरी नीति बनाउन समेत उनले मन्त्री लिङदेन समक्ष आग्रह गरे ।
चेम्बरले जलविद्युतको पीपीए दरमा सहजता, जग्गा प्राप्तिमा हुने झण्झट अन्त्य, इजाजत पत्रको अवधी जस्ता विषयलाई समावेश गरी १३ बुँदे सुझाव समेत ऊर्जामन्त्री लिङदेनलाई दिएको छ ।
जलविद्युत आयोजनाको निर्माण लागत दिन प्रतिदिन बढ्दै गएको एवं प्रतिमेगावट उत्पादन लागत समेत बढेको भन्दै अध्यक्ष मल्लले पीपीएको हाल कायम ३५ वर्षको अवधीलाई बढाएर ५० वर्ष पु¥याउनुपर्ने बताए ।
यसअघी निर्माण सम्पन्न भईसकेका आयोजनाको पीपीए दर निकै न्यून दुई रुपैयाँ ९२ पैसा देखि ३ रुपैयाँ ९२ पैसा मात्रै कायम हुँदा लगानीकर्ता मारमा परेकाले पीपीएको नयाँ दर अनुसार समायोजन गर्न अध्यक्ष मल्लले आग्रह गरे । चेम्बरले विद्युत व्यापारमा नीजि क्षेत्रलाई अनुमति दिन समेत माग गरेको छ ।
चेम्बर प्रतिनिधीसंगको भेटमा ऊर्जा मन्त्री लिङदेनले जलविद्युत विकासमा सर्वसाधरणको लगानी प्रवृद्धन गर्न आफु प्रयासरत रहेको बताए । दूध कोशी, माथिल्लो अरुण, बुढी गण्डकी जस्ता आयोजना स्वदेशी लगानीबाटै बनाउनका लागि सरकारले योजना अघि बढाएको समेत मन्त्री लिङदेनले बताए ।
नेपालको विद्युत निर्यातका लागि भारत, बंगलादेश सहित त्रिदेशीय सम्झौताको तयारी भईरहेको र छिट्टै परिणाम आउने मन्त्री लिङदेनको भनाई छ । सरकारले विद्युत खपत बढाउने नीति समेत अख्तियार गरेको उनले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]