
खबरमुकाम । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा ५९ प्रतिशत कम खुद नाफा गरेको छ ।
गत वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ४५ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज ९० प्रतिशतले बढेकाले सञ्चालन नाफा करिब ५८ प्रतिशत कम भई खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. ४ करोड २७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ७९ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
गत वर्ष रू. ३ करोड ३२ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. ६ करोड ३१ लाखभन्दा बढी रहेको छ ।
१५ प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर रू. ६९ करोड ४ लाख ७२ हजार पुर्याएको कम्पनीको रिटेन्ड अर्निग रू. ४ करोड ९७ लाखभन्दा बढी रहेको छ । कम्पनीको जगेडा कोष रकम भने रू. २० करोड ५१ लाखभन्दा बढी छ ।
यो ६ महिनामा कम्पनीले रू। ३ अर्ब ३६ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ८३ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ५ दशमलव ३१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर ११ दशमलव १८ प्रतिशत पुगेको छ ।
दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य ७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ९२ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]