
खबरमुकाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबैको नजर निगमतर्फ भएको भन्दै परिणाम निस्कने गरी काम गर्न नेपाल वायुसेवा निगमका कर्मचारीलाईलाई निर्देशन दिएका छन् ।
सोमबार वायुसेवा निगमको कार्यालय निरीक्षणका क्रममा मन्त्री किराँतीले एक सेकेन्डको पनि ठूलो महत्व रहने भन्दै निगमलाई तोकिएकै समयमा जहाज उडाउन निर्देशन दिएका हुन् ।
‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ । तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्,’ उनले भने ।
यात्रुहरुले टिकट नपाएको गुनासो बढेको भन्दै उनले एक महिनाभित्र अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्न निगमका अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका छन् ।
साथै, उनले निगम सुधारका लागि आर्थिक योजना पेश गर्न पनि निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]