Dark

राष्ट्रपति पदका लागि उम्मेदवारी दिने कांग्रेस पदाधिकारीको निर्णय

खबरमुकाम । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । धुम्बाराहीमा आज बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

सहमतिको ढोका खुला राख्दै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भएको कांग्रेस पूर्वमहामन्त्री डा.शशांक कोइरालाले बताए । 

 


 

बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भएको र उम्मेदवारी दिनुपूर्व अन्य दलहरुसँग पनि छलफल गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै