Dark

उपकरणको बढ्दो प्रयोगले सबैको स्मरणशक्ति कमजोर बन्दैछः केपी ओली 

खबरमुकाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरूमा स्मरणशक्ति कमजोर भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रविधिको उपलब्धिले मानिसमा परनिर्भरता बढ्दै गउकोप्रति चिन्ता व्यक्त गरे । उनले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरू नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताए । 

 

उनले हरेक मानिसले आफ्नो काम ड्युटीका रुपमा नभई कर्तव्यका रुपमा पूरा गर्न आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै