.jpeg)
खबरमुकाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
माघ १४ मा प्रदेश १ को विराटनगरमा भेला हुने पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । त्यस्तै, १६ माघमा मधेश प्रदेशको जनकपुर, १८ माघमा बागमतीको मकवानपुर, २१ माघमा गण्डकीको पोखरा र २४ माघमा लुम्बिनीको दाङमा भेलाको आयोजना गरिने ढकालले जनाएका छन् ।
रास्वपाले २६ माघमा सुदूरपश्चिमको धनगढी र २८ माघमा कर्णालीको सुर्खेतमा भेला हुने र माघ मसान्तभित्र प्रदेश समितिका विस्तारित भेला हुने रास्वपाले जनाएको छ । त्यसबाट प्रदेश समिति पुनर्गठन गर्ने रास्वपाको तयारी छ ।
त्यस्तै, चैतसम्म जिल्ला निर्वाचन समिति गठन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । रास्वपाले जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]