.jpg)
खबरमुकाम । राष्ट्रिय युवा संघ नेपालले नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग गरेको छ ।
आइतबार धनगढीमा भएको राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले नेता रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाही गर्न माग गरेका हुन् ।
बिसीले रावलकै कारण अछाममा संगठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाए । ‘अछामबाट भीम रावललाई हामीले कति पटक भोट हालेर जितायौँ, उनले भने, ‘पार्टीको उपाध्यक्ष बनाउँदै राष्ट्रिय स्तरको राजनीतिमा स्थापित गर्यौँ । तर चुनावमा रावलले समाजवादी र कांग्रेसलाई जिताउन भूमिका खेल्नुभयो । उहाँलाई कारबाही गरिनुपर्छ ।’
नेता रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरूमा मतभेद बढेको र एकता हुन नसकेको आरोप लगाउदै उनले कारबाही भएमा एकता कायम हुने दाबी समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]