
खबरमुकाम । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने कुरामा सत्ता साझेदार दलहरुसँग छलफल गरेर टुंगो लगाइने बताएका छन् ।
शनिवार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुले राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रिया कसरी अगाडी बढाउनुहुन्छ ? भनि सोधिएको प्रश्नमा उनले त्यसको बारेमा पार्टीहरुबीचमा छलफल, सहमति–असहमति, उम्मेदवारहरुको छनोट लगायत सबै कुराहरुको बारेमा छलफल गरिसकेपछि मात्रै भन्न सकिने बताए ।
उनले भने,‘आज संसदको नेतृत्व चयन सकियो । अस्ति हामीले सभामुख र आज उपसभामुखको निर्वाचन सम्पन्न गर्यौं । अब बल्ल केहिदिनपछि राष्ट्रपतिको एजेण्डा प्रवेश गर्छ । पार्टीहरुबीचमा छलफल हुन्छ । सहमति, असहमति, उम्मेदवारहरुको छनोट लगायत सबै कुराहरु होलान् । त्यसको बारेमा छलफल गरिसकेपछि मात्रै को हुन्छ भनेर भन्न सकिन्छ ।’
अहिलेकै सत्ता गठबन्धनको आधारमा सहमति हुने बताउँदै उनले थपे, ‘अहिले यो जुन गठबन्धनको सरकार बनेको छ । सोही आधारमा एउटा छलफल सहमति भएर, हुनसक्छ प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो कुरा । भएन, भने गठबन्धन दलभित्रको सहमतिमा नै अगाडी बढ्छ । किनभने बहुमत अहिले यहि छ । निर्वाचि बहुमतले गर्ने हो ।’
राष्ट्रपतिको मतदान गोप्य हुने भएपनि पार्टीको मान्यता र निर्णय अनुसारले नै मत हाल्ने भएको हुनाले सरकारमा भएका दलहरुले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]