Dark

टेलिकम अवरुद्ध गर्नेलाई कार्बाही गरी क्षतिपूर्ति असुल गर्न चार वटै ट्रेड युनियनको माग

खबरमुकाम । मन्त्रीमण्डल विस्तार तथा नव नियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको महत्वपूर्ण समयमा कम्पनीका सेवाहरु अवरुद्ध हुनु सामान्य विषय नभएको भन्दै नेपाल टेलिकममा क्रियाशिल युनियनहरुले कम्पनी व्यवस्थापनलाई छानबिन समिति बनाएर दोषि उपर कारबाही गर्न माग गरेका छन् । 

मिति २०७४ माघ ०३ गते अपरान्ह करीव १२ः०० बजे देखी जिएसएम मोबाइल तथा पीएसटिएन सेवाहरु पूर्ण रुपमा अबरुद्ध भई सेवाग्राहीहरुले सास्ती भोग्नु परेको थियो । त्यसपश्चात टेलिकमले भविष्यमा त्यस्ता समस्या आउन नदिन आन्तरिक रुपमा छानविन समिति गठन गरि प्रतिवेदन तयार पारेको थियो । 

तर, तयार पारिएको प्रतिवेदनको कार्यान्वयन तर्फ कम्पनी मौन भएपछि टेलिकममा क्रियाशिल युनियनले एक विज्ञप्ति जारी गर्दै कम्पनीले प्रतिवेदनको कार्यान्वयन एवं दोषी उपर कारवाहीमा तदारुकता नदेखाउनु आफैँमा जिम्मेवारीबोधको कमी र दण्डहिनता भएको उल्लेख गरेको छ । 

युनियनहरुले संस्थागत सुधार, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह, सेवाग्राही हीत संस्थागत सुशासन लगायतका विषयहरुमा कम्पनी व्यवस्थापनलाई पटक–पटक ध्यानाकर्षण गराउदै आइरहेको विज्ञप्तिमा भनिएको छ ।

‘कम्पनीका अवरुद्ध सेवाहरु हालसम्म पनि पूर्ण रुपमा चुस्त, दुरुस्त र नियमित हुन नसक्नुले कम्पनी व्यवस्थापनको कार्यशैली र कार्यक्षमता माथि गम्भीर प्रश्न खडा भएको छ’– युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कुन सिष्टम र के कस्ता कारणले सेवाहरुमा समस्या देखिन गएको हो ?, कम्पनिले के कति क्षति ब्यहोरेको छ ?, यो कस्को जिम्मेवारी र दायित्वको विषय हो ? जस्ता विषयमा प्रष्ट रुपमा खोजविन गरी आगामी दिनमा यस्ता समस्याहरु दोहरिन नदिन उचित ब्याकअप तथा प्रिभेन्टिभ अपनाउन, बिशेषज्ञ टीम तयार पारी कार्य अगाडी बढाउन र छानविन गरी यस्ता कार्यमा दोषी देखिएमा दोषिउपर हदैसम्मको कारवाही गरी क्षतिपूर्ति असुलउपर गर्न माग रहेको युनियनले विज्ञप्तिमार्फत जनाएको छ । 

साथै, वर्तमान प्रतिस्पर्धाको समयमा देशभरी नै सर्वसुलभ र भरपर्दो दूरसञ्चार सेवा पुयाउनु पर्ने दायित्व भएको यस संस्थामा यस प्रकारका घटनाहरु बारम्बार नदोहरिने गरी सिष्टम र सेवाहरुको प्राविधिक परिक्षण गराउन समेत युनियनहरुले ध्यानाकार्षण गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै