Dark

‘के लत बस्यो मलाई’ गजल गीतको लोकप्रियता बढ्दो, संगीतकर्मीहरुले खुलेरै गरे प्रशंसा (भिडियो)

खबरमुकाम । बैतडीका गायक तिलकसिंह पेलाको नयाँ गजल ‘के लत बस्यो मलाई’ ले यतिबेला चर्चा पाईरहेको छ । डा. प्रदीपकुमार मैनालीले लेखेको यो गजलमा पेलाले मिठो स्वर र संगीत भरेका छन्।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ६ कुरला भन्ने गाउँमा जन्मेका गायक पेलाको यो गजल पाँच दिनअघि मात्र उनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको  थियो । पेलाले स्वर दिएको यो गजल  यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ ।

गजललाई रिदम कँडेलले संयोजन गरेका हुन्। सारंगीमा धर्म गन्धर्व, तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा नगेन्द्रविक्रम राई र पियानोमा रिदम कँडेल रहेका छन्।


 

सामाजिक सञ्जाल–फेसबुक, टिकटक, युट्युब प्रयोगकर्ताले भाइरल गीतको होडमा यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन् । संगीतकर्मीहरुले समेत गीतलाई अर्गानिक र आत्मपरक भन्दै मुक्तकण्ठले प्रशंसा गरिरहेकाछन् ।

विसं २०५३ सालमा आफ्नै गायन तथा सङ्गीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा सङ्गीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए । त्यतिबेला आँसु एल्बमले पनि चर्चा पाएको थियो । 

अहिले फेरी पेलालाई साधारण शब्द तर मार्मिक एवं भावयुक्त गीत ‘के लत बस्यो मलाई’ले चर्चामा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै