.jpg)
खबरमुकाम । सुदनले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री बन्न लागेको कुरा आफ्ना बुबा (हर्कबहादुर राई)लाई सुनाए । उनले भने,‘बुवा म मन्त्री हुने भएँ ।’
छोराको कुरा सुनेपछि पक्षघातले थलिएर अस्पतालको बेडमा रहेका उनका बुबा हर्कबहादुरले भने,‘हँ, होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?’
बुबाको जिज्ञासामा सुदनले पुनः थपे, ‘पहिलो त तपाईंहरूले जन्माउनुभयो, दोस्रो त मैले राजनीतिमा दुःख गरें, जनताले माया र भरोसा दिए । पार्टीले पनि विश्वास गर्यो ।’
बुवाले फेरि छक्क पर्न छाडेनन्, ‘उहिले फकल्यान्डको लडाइँमा मरेको भए यसरी तँ मन्त्री बनेको कहाँ देख्न पाउँथे र ? पाउने थिइनँ ।’
सुदनले आफू पनि युद्धकालमा मरेको भए माओवादीको शहीद भइसक्ने, तर बाँचेको हुँदा राज्यको महत्वपूर्ण जिम्मा पाएको सुनाए । बुवाले भने, ‘हाम्रो वंशमा कोही पनि वडाध्यक्षसम्म पनि भएनौं । अब राम्रो काम गर ।’
सुदनले बुबासँग आफू धेरै मेहेनेती बनेर काम गर्ने बचन दिए । पहिल्यै बितेकी आमा सम्झेर उनले भने,‘आज उहाँ पनि हामीसँगै भएको भए ।’
बुवा हर्कबहादुर ले भने, ‘तेरो आमा पितृको देश गइसक्यो । पछि म गएपछि सुनाइदिउँला, तँ मन्त्री बनिस् भनेर ।’
त्यसपछि रुवावासी चल्यो । हर्षको, भावुकताको, भन्नै नसकिने खालको दुःखको । अनि सुखको ।
भोजपुुरमा प्रदेश नम्बर १ का पूर्वमूख्यमन्त्री शेरधन राई हराएर प्रतिनिधि सभा निर्वाचित भएको सुदनलाई माओवादी केन्द्रले पहिलोपल्ट मन्त्री बनाएको छ ।
‘बुवा मलाई जेलमा भेट्न आउनुहुँदा पनि रुनु भएको थियो । आज पनि रुनुभयो । तर आँसुको मुहान र भाव भने फरक’–सुदनले फेसबुकमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]