
खबरमुकाम । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजको पाइलट थिइन्, अञ्जु खतिवडा । जहाज दुर्घटनामै उनको पनि मुत्यु भएको छ । यस्तो दुःखद खबरसँगै उनको माइती गाउँ शोकमा डुबेको छ ।
अञ्जु २०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी हुन् । उनको विवाह २४ वर्षअघि काठमाडौं बत्तीसपुतलीका दीपक पोखरेलसँग भएको थियो ।
उनको श्रीमान् आर्मीको हेलिकप्टरको को–पाइलटपछि यति एयरलाइन्सको पाइलट बनेका थिए । तर, २००६ मा जुम्लामा भएको यतिको जहाज दुर्घटनामा पोखरेल मुत्यु भएको थियो ।
आफ्ना श्रीमानको सफल विमान चालक बन्ने सपना अधुरै रहेको ठानेर अञ्जुले श्रीमान्को सपना पूरा गर्ने निधो गरिन् । आफ्ना बुबा गोविन्द खतिवडा र आमा इन्दिरा खतिवडाले नर्सिङ अध्ययन गर्न भनेपनि उनी श्रीमानकै सपना पुरा गर्न भन्दै पाइलट बन्ने अभियानमा लागिन् ।
तर उनको पनि आइतबार पोखराको सेती खोँचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु हुँदा परिवारजन मात्र नभएर पूरै चाँदनी चोक शोकमा डुबेको छ ।
विराटनगर- ५ घर भएकी उनका बुबा गोविन्द खतिवडा ६५ वर्ष माथिका भए । उनकी आमा इन्दिरा खतिवडा पनि अन्दाजी ६० वर्ष पुगिन् । अञ्जु पाइलट कोर्स गर्न ६ वर्षकी छोरी मेलिसालाई नेपालमै छाडेर अमेरिका गएकी थिइन् । अहिले उनकी छोरी मेलिसा क्यानडामा अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ । उनलाई पनि विमान दुर्घटनाबारे सूचना पठाइएको पारिवारिक स्रोतको भनाइ छ ।
यति एयरलाइन्सका अनुसार अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठुला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार आइतबार काठमाडौं–पोखराको उडान गरिसकेपछि उनको पाइलटमा बढुवा हुने अन्तिम परीक्षण उडान थियो । अन्जुका अभिभावकले विलौनाका साथ भने, ‘उद्देश्य पूरा हुन नपाउँदै उनी नै विलय भइन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]