
खबरमुकाम । माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सहकार्यमा कलाशी प्रोडक्सनले प्रस्तुत नाटक ‘ज्ञानको चिहान’ पुस १३ बाट मञ्चन हुने भएको छ ।
नाटक बत्तिसपुतलिस्थित शिल्पी थिएटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समुपस्थितिमा पुस १३ गते मञ्चन हुने भएको हो । नाटक पौष १३ देखि ३० गतेसम्म मञ्चन हुनेछ ।
ज्ञान विभिन्न तरिकामा सन्दर्भ गर्न सकिन्छ । यसको सामान्य अर्थमा शब्द ज्ञानले कुनै खास विषय वा विषयमा सञ्चित जानकारीलाई जनाउँछ । अधिक विशिष्ट अर्थमा, ज्ञान क्षमता, कौशल, मानसिक प्रक्रियाहरू र व्यक्तिद्वारा प्राप्त जानकारीको सेटको रूपमा परिभाषित गरिएको छ ।
जसको कार्य हो वास्तविकता वर्णन गर्न, समस्याहरू समाधान गर्न र व्यवहारलाई निर्देशित गर्छ । यस्तै, प्रश्न नै प्रश्ननले घेरिएको शब्द “ज्ञान” लाई नै नजर राख्दै नाटक ‘ज्ञानको चिहान’ मञ्चन हुने भएको हो ।
सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले, निम्त्याएको समस्या, विश्वविद्यालय भित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटेर तयार गरिएको नाटकलाई संगीत सापकोटाले निर्देशन गरेका हुन् । नाटकको कथा पूर्ण बहादुर गन्धर्व, आशिष घिमिरे र नरेश रेग्मीले तयार पारेका हुन् ।
नाटकमा सौभाग्य सिंह राई, विशाल देवकोटा, सुचित्रा उप्रेती, उन्नत जङ्ग उप्रेती, नवीन अर्याल, दीपेश काफ्ले, सन्जित प्रताप मल्ल, नवीन प्याकुरेल, सुनिल तामाङ, अर्जुन दुलाल, विकाश लामा, मौसम खड्का, श्रवण सिंह राना मगर, आनन्द महत, आशिष घिमिरे, निशान खत्री, सुन्दर धिताल, प्रीतिशा अधिकारी, पूर्ण बहादुर गन्दर्व लगायत कलाकारहरुको अभिनय रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]