.jpg)
खबरमुकाम । कवि तथा गीतकार महेश्वर शर्माको नयाँ कविता कृति “संवेदनाको आकार” आफ्नै गृह जिल्ला रुपन्देही देवदहबाट यहि पुस ९ गते शनिवार लोकार्पण भएको छ ।
अनुराग साहित्य समाज नेपालले आयोजना गरेको एक भब्य समारोह बिच सो कृति लोकार्पण गरिएको हो।
कार्यक्रममा वरिष्ठ कवि,गीतकार अग्नि महाकाव्य बाट मदन पुरस्कार प्राप्त गर्नुभएका डा नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी,कवि,आख्यानकार,कथाकार तथा समालोचक महेश पौड्याल,कवि समालोचक महेश कार्कि क्षितिज,कार्यक्रमका सभापति अनुराग साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार निर्मल ढुङ्गाना,र कृतिका माता पिता नरेन्द्र प्रसाद शर्मा र सरस्वती शर्माले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
बिएन पुस्तक संसार बाट प्रकाशन गरिएको कृति बाट कार्यक्रममा कवि शर्माले आफ्ना माता पिताको चरण स्पर्श गरेर कृतिभित्रका केही कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवि यज्ञ प्रसाद न्यौपाने र महेश कार्कि क्षितिजले सो कविता सङ्ग्रहको बारेमा शुभकामना सहित आफ्ना विचार राखेका थिए ।
प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार डा. नवराज लम्साल, वरिष्ठ गजलकार डा.घनश्याम परिश्रमी,कवि,आख्यानकार, कथाकार तथा समालोचक महेश पौड्यालले शुभकामना मन्तव्य सहित कविलाई आगामी साहित्यिक यात्राको शुभकामना दिएका थिए ।
कवि शर्माको साहित्यिक यात्रा निबन्ध लेखनबाट शुरु भएको भए पनि पछिल्ला दिनमा उहाँ कवि तथा गीतकारका रूपमा बढी सक्रिय छन् । प्रस्तुत सङ्ग्रह उनको दोस्रो कविता कृति हो भने केही गीतहरु रेकर्ड भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियोहरुबाट समेत प्रसारण भइरहेका छन् ।
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाबाट सन् २०२२ का लागि भानु अवार्ड प्राप्त गरेका कवि शर्मा थुप्रै पुरस्कारहरूबाट समेत पुरस्कृत भइसकेका छन् ।
लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका र अन्तर्राष्ट्रिय साहित्यिक मञ्चहरूमा नेतृत्वदायी भूमिकामा देखिएका शर्माले देवदह रुपन्देहीमा पिता नरेन्द्रप्रसाद शर्माको नामबाट साहित्यिक पुरस्कार प्रदान गर्ने गरी अक्षय कोषसमेत स्थापना गरेका छन् ।
सोहि समारोहमा २०७५ देखि २०७८ सम्म नरेन्द्र अनुराग साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो। समारोहमा सेतो सुनखानीका लेखक शम्भु अर्याल, हुटिट्याउँको मनका लेखक दीन पन्थी, एकलब्यको देब्रे हातका लेखक गिरि श्रीश मगर र तमोरका सुसेलीका लेखक लक्ष्मीकिशोर सुबेदी पुरस्कृत भएका थिए ।
कृति विमोचन कार्यक्रम अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता, वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यता र संस्थाका सचिव श्याम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
दोस्रो चरणको कार्यक्रम अर्थात् अनुराग साहित्य समाजको अधिवेशनका लागि अधिवेशन निर्वाचन समितिका संयोजक डासिराम पाण्डेले बन्न लागेको नयाँ समिति निर्विरोध भएको र यमलाल अर्यालको अध्यक्षतमा रहेको १२ सदस्य समिति सर्वसम्मत भएको घोषणा गरेका थिए ।
समितिको वरिष्ठ उपाध्यक्षमा सरस्वती बस्याल, उपाध्यक्ष श्याम न्यौपाने, सचिव शिव प्रसाद काफ्ले, सहसचीव राजकिरण अर्याल, कोषाध्यक्ष अनन्तराम भण्डारी, सदस्यमा जानुका लम्साल, भगवती शर्मा तिवारी, राहुल देव सापकोटा, रिता पराजुली, पुजा ढुंगाना र दिप मिलन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]