Dark

'विकनी किलर' चार्ल्स शोभराजलाई अध्यागमन विभागमा बुझाउने तयारी

खबरमुकाम । १९ वर्षदेखि नेपाली जेलमा रहेका फ्रान्सेली नागरिक 'विकनी किलर' चार्ल्स शोभराजलाई केन्द्रीय कारागारले कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको छ ।

सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै केन्द्रीय कारागारले शोभराजलाई अध्यागमनमा बुझाउन लागेकाे हाे । दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई उनी १९ वर्षदेखि नेपाली जेलमा थिए ।

 

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधबार आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै