
खबरमुकाम। भंगहा नगरपालिका–७ मा थारु संग्राहलय बन्ने भएको छ। थारु संग्राहलय निर्माण स्थलको निरिक्षण पछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले त्यहाँ थारु संग्राहलय निर्माण गर्ने घोषणा गरेका छन्।
थारु जाती इमानदार र मेहनेती भएको बताउँदै मन्त्री चौधरीले भने, ‘कला, संस्कृतिमा सम्पन्न थारु जातीको इतिहास जोगाउन जरुरी छ। पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरुले नेपाली भूमिको समेत सुरुक्षा गरेका छन्। तपाईहरु संग्रालयको गुरु योजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु।’
थारु समुदाय राजनीतीमा समेत अग्रसर हुन मन्त्री चौधरीले आग्रह गरेका थिए । मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदिप कुमार चौधरीले संग्राहलय बनाउन मन्त्रीलाई ज्ञापन पत्र बुभाइएको बताए।
‘संग्राहलय करिब ८ विघामा बन्ने छ । थारु भेष भुषा, संस्कृति झल्किने सामग्रीहरुको प्रदर्शनी हुनेछ। थारु खानाका परिकारहरु उपलब्ध हुनेछन्। यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ। विभिन्न पर्वहरु, उत्सवहरु मनाउने व्यवस्था हुने छ। यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्ने छ।’ उत्साहित हुँदै उनले सुनाए।
थारु संग्राहलयको अनुमानित खर्च ६ करोड हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]