
खबरमुकाम। निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ। नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ।
आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ।
यसपटकको निर्वाचनबाट प्रतिनिधि सभामा ११ दलका सांसदहरु रहने छन्। तर राष्ट्रिय दलको मान्यता भने ७ वटा पार्टीले मात्र पाएका छन् ।
प्रतिनिधि सभामा समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादिले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७,जसपाले ५ तथा जनमत पार्टीले ५ जितेको छ।
प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा र १ सिट जितेको राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड नकटाएकाले समानुपातिकबाट एक सिट पनि पाएनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]