Dark

गरिमा विकास बैंकको मोबाईल एप  ‘डिजि बटुवा’ मा अब ‘नेपाल पे क्यूआर’ उपलब्ध

खबरमुकाम । गरिमा विकास बैंकको मोबाईल एप  ‘डिजि बटुवा’बाट अब ‘नेपाल पे क्यूआर’ गरी भुक्तानी गर्न सकिने भएको छ । 

बैंकका ग्राहकहरुले मोबाईल एप  ‘डिजि बटुवा’ को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको  ‘नेपाल पे क्यूआर’ स्क्यान गरी क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । यस्तै, बैंकले ‘नेपाल पे क्यूआर’ मा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।  

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ‘नेपाल क्यूआर’ स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा ‘नेपाल पे क्यूआर’ स्थापना र सञ्चालनमा आएको हो र जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीम सँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । 


 

बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट  गरिमा मोबाईल एप  ‘डिजि बटुवा’अथवा ‘नेपाल पे क्यूआर’ मा आबद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् । यसरी बैंकको मोबाईल बैङ्गिकमा ‘नेपाल पे क्यूआर’ जोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिमा विकास बैंकले लिएको छ । साथै, डिजिटल भुक्तानी यस बैंकको प्राथमिकता पनि रहेको छ । 

देशका दूरदराज ठाउँहरुमा सरल, सबल र विश्वासनिय वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले देशभर कुल १२१ वटा शाखा कार्यालयहरु र ५१ एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै