
खबरमुकाम । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो सेयरको खाता निःशुल्क खोल्न मिल्ने योजना ल्याएको छ ।
एनआईबिएल एस क्यापिटलले आफ्नो सेवा प्रवाहलाई झन्झटरहित सरल एवं सहज बनाउने उद्देश्यका साथ यस विशेष योजना ल्याइएको जनाएको छ । क्यापिटलले कुनै पनि ग्राहक तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ डिम्याट खाता खोल्न तथा मेरो सेयर दर्ता विद्युतीय प्रणालीमार्फत सहज रुपमा गरिरहेको जनाएको छ ।
यस वर्ष पर्न आएको अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा सबै फरक क्षमता भएका व्यक्तिहरुले एनआइबिएल एस क्यापिटलबाट निःशुल्क डिम्याट तथा मेरो सेयरको खाता खोल्न सक्ने कुरा क्यपिटलले जनाएको छ । उक्त योजना यही मंसिर १६ गतेदेखि मंसिर १८ गते (३ दिन) सम्मको लागिलागु हुने यस क्यापिटलले जनाएको छ ।
उक्त योजना अवधिभर एनआईबिएल एस क्यापिटल लिमिटेडमा डिम्याट तथा मेरो सेयरको खाता खोल्ने फरक क्षमता भएका ग्राहकमध्येबाट गोलाप्रथाद्वारा छनोट गरी ५ जना भाग्यशाली विजेतालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाइ उपहार प्रदान गर्ने पनि क्यापिटलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]