Dark

यसवर्ष शेयरधनीलाई सबैभन्दा बढी लाभांश दिँदै युनिलिभर नेपाल

खबरमुकाम । सूचिकृत विभिन्न २८ कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गरेको घोषणा अनुसार यसवर्ष शेयरधनीलाई सबैभन्दा बढी लाभांश युनिलिभर नेपालले दिँदैछ ।

युनिलिभरले यस वर्ष १२१५ रुपैयाँ नगद लाभांश दिँदैछ । अर्थात् सो कम्पनीको एक कित्ता शेयर हुने शेयरधनीले यसपालि १२ सय १५ रुपैयाँ लाभांश पाउँदैछन् । यसपालि घोषणा भएको लाभांशमा यो नै सबैभन्दा बढी हो ।

 

त्यस्तै, धेरै लाभांश दिने दोस्रोमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । यो संस्थाले शेयरधनीलाई ७६ दशमलव ८४ प्रतिशत लाभांश दिँदैछ । जाल्पाले यो लाभांशमध्ये ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै