Dark

नेपाल इन्भेष्टमेन्ट बैंकले छैटौं पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड, सर्वोत्कृष्ट बैंक घोषित

खबरमुकाम । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ द इयर २०२२’ अवार्ड प्राप्त गरेको छ । एनआइबिएलले बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले डिसेम्बर १, २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा बैंकको तर्फबाट अवार्ड ग्रहण गरेका थिए ।

यो अवार्ड जित्नु एनआइबिएलले नेपाल को वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण भएको बैंकले जनाएको छ । बैंकका अनुसार यसले विकास र दिगोपनतर्फ लाग्ने बैंकहरूको समर्पणलाई पनि हाइलाइट गर्दछ जसले हामीलाई यो प्रतिष्ठित पुरस्कार बारम्बार प्राप्त गर्न मद्दत गरेको छ । 

सर्वोत्कृष्ट बैंकका रुपमा घोषित एनआइबिएलले बैंकको स्थिर वृद्धि र कार्यसम्पादन रणनीतिक पहल र प्राविधिक प्रगतिको परिणामले नै अवार्ड प्राप्त गर्न सफल भएको बताइन्छ । जसले बैंकलाई आफ्ना प्रतिस्पर्धीहरू भन्दा प्रतिस्पर्धात्मक लाभ दिएको एनआइबिएलको भनाइ छ । 
 

आफ्ना बृहत् ग्राहकवर्गलाई बजारमा माथि उठाउनको लागि नवीन उत्पादन तथा सेवाहरू पनि उपलब्ध गराइरहेको यस बैंकले ग्रामीण क्षेत्रको जीवनस्तरमा सुधार गर्दै न्यून ब्याजबाट वञ्चित क्षेत्र कर्जा उत्पादनहरू उपलब्ध गराई समाजका पिछडिएका वर्गहरूलाई वित्तीय पहुँच र समावेशीकरणमा निरन्तर ध्यान केन्द्रित गरेको छ ।

एनआइबिएलले विभिन्न ग्रामीण जनसंख्यालाई बैंकिङ सेवाहरूमा पहुँच सशक्तिकरण गर्दै वित्तीय सचेतना र तालिम कार्यक्रमहरू पनि प्रदान गरेको छ । यस्तै, बैंकले सम्भव भएसम्म नेपाली संस्कृति कला र सम्पदाको सशक्त संरक्षण र प्रवर्द्धन गरी संस्थागत सामाजिक उत्तरदायित्व तर्फ उल्लेखनीय योगदान पुर्याएको छ ।

यस अवार्डलाई सम्भव तुल्याएकोमा फाइनान्सियल टाइम्सका साथै बैंकका शेयरधनी, सरोकारवाला, कर्मचारी र मूल्यवान ग्राहकहरूलाई प्रदान गरिएको मान्यताका लागि एनआइबिएलले धन्यवाद दिएको छ । एनआइबिएलले ८८ शाखा, १३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै