
खबरमुकाम। नेकपा (माओवादी केन्द्र)की नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन्।
रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी गर्नुलाई अस्वाभाविक मान्न नहुने बताएकी हुन्।
'अहिले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन तर बाहिर भन्दा पार्टी र गठबन्धन भित्रबाट आउनु पर्छ'उनले भनिन्।
उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टीकाटिप्पणी आवश्यक नरहेको बताइन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि प्रधानमन्त्री दाबी रहने तर गठबन्धनकै सहमतिमा प्रधानमन्त्रीको टुंगो लाग्ने उनले बताइन् ।
यस्तै उनले पार्टीले जुन सुकै जिम्मेवारी दिए पनि आफू पूरा गर्न सक्षम रहेको दाबी गरिन् । गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री त्यो मन्त्री भनी हाल्ने अवस्था नरहेको उनको तर्क थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]