• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

अब फेरि वाम एकता हुन्छ ? भन्ने प्रश्नमा पौडेलले भने- आत्माआलोचना भयो भने हुन्न भन्न सकिँदैन

खबरमुकाम । नेकपा (माओवादी केन्द्र)का नेता देबेन्द्र पौडेलले बिहीवार एमाले अध्यक्ष ओलीले आफ्ना अध्यक्ष दाहाललाई टेलिफोन गरेर कुराकानी गरेको पुष्टि गरेका छन् । 

यद्यपी, त्यसबारे आफूलाई विस्तृत विवरण थाहा नभएको बताउँदै पौडेलले भने–‘दुवै नेताहरूले जित्नु भएकाले शुभकामना आदानप्रदानबाहेक अरू कुरा भएको जस्तो लाग्दैन ।’

निर्वाचनको माहोल चलिरहेकै बेला देशभरका आधा बढि ठाउँहरुबाट नतिजा समेत सार्वजनिक भइसकेको अवस्था छ भने अझै विभिन्न स्थानहरुको मतगणना सुरु नै नभइसकेको खबर पनि हामीले पाइरहेका छौँ । यसैसन्दर्भमा फेरि वाम एकताको विषय उठ्न थालेको छ । अब फेरि वाम एकता हुन्छ ? भन्ने प्रश्नमा नेता पौडेलले आधारभूत रूपमा विचार, सिद्धान्त र उद्देश्य मिल्नेसँग कहीँ न कहीँ सहकार्य हुने बताएका छन् । 

राजनीतिमा कुनै पनि ढोका र विकल्पहरूमा आफूहरु खुला रहेको बताउँदै नेता पौडेलले नेपालका दलहरू मिल्ने र टुट्ने अनि एक भएर सहकार्य गर्ने पहिलेदेखि नै प्रचलन रहँदै आएको उल्लेख गरेका छन् । पौडेलका अनुसार भोलिका दिनमा वामपन्थी एकता हुन्न भन्न नमिल्ने बताए । 

आत्माआलोचना भयो भने ओलीसँग पनि सहकार्य र एकता हुन्छ त ? भन्ने प्रश्नमा ओलीप्रति लक्षित गर्दै पौडेलले भने, ‘त्यो भविष्यको कुरा हो ।  राजनीतिमा नहुने भन्ने कुनै पनि कुरा छैन। तर जे विषयलाई संविधान, अहिलेको प्रणाली र सिस्टममलाई तोडमोड गर्ने काम भयो। त्यस कुराको रियलाइजेसन भयो भने पुनर्विचार गर्न सक्छौँ । तर अहिले जुन प्रवृत्ति र सोचका विरुद्ध हामी लड्यौ त्यसको समीक्षा भएर आत्मआलोचना नभइकन हामी मिल्छौँ भन्ने कुरा सत्य होइन ।’ –बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै