• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

 प्रचण्डलाई ओलीको फोनः तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ,अब मिलेर अघि बढौं

खबरमुकाम । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिले टाढा पार्ने शक्तिहरु सक्रिय भए भन्दै मिलेर अघि बढ्न आग्रह गरेका छन् ।  बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं ।’

प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘हामी गठबन्धनमा छौं । चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ । पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए ।  बसेर कुरा गर्न समस्या नभएको बताउँदै प्रचण्डले अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताए । 

 

एमाले र माओवादी पार्टीका दुई अध्यक्षबीच टेलिफोन संवाद भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पुष्टि गरे । उनले भने–‘ ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भनेर प्रचण्डले भन्नुभएको छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएको बज्राचार्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै