• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

एमालेकी ओलीलाई पराजित गर्दै डोटीमा आलेको ‘ह्याट्रिक’

खबरमुकाम । २०७० सालको संबिधान सभा निर्वाचनमा पहिलो पटक संसदमा प्रवेश पाएका एकीकृत समाजवादीका प्रेम बहादुर आलेले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तेस्रो पटक अविचलित जित हात परेका छन् ।  

पछिल्लो समयमा नेपाली राजनीतिमा निकै चर्चामा रहेका आलेले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गौरीकुमारी ओलीलाई ४ हजार २०६ मतले पराजित गर्दै ह्याट्रिक गरेका हुन् ।

आलेले २७ हजार २१० मत प्राप्त गर्दा ओलीले २३ हजार २३ हजार ४ मत प्राप्त गरिन् । ०७० सालको संविधानसभा निर्वाचनमा डोटी–२ बाट चुनाव जितेका आलेले त्यसपछिका चुनाव भने गठबन्धनको बलमा जित्दै आएका छन् ।

डोटीमा एक निर्वाचन क्षेत्र कायम भएपछि ०७४ सालमा उनी वाम गठवन्धनका साझा उम्मेदवार भए चुनाव जिते । यसपटक पनि आलेलाई बर्तमान सत्ता गठबन्धनको साथ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै