• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

अब वामहरूबीच एकता हुन सक्छ,सरकार कसको बन्छ भन्न सकिन्न: माधव नेपाल

खबरमुकाम । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताएका छन् । रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

उनले अबको सरकार कसको भन्छ भन्ने भन्न नसकिने पनि उल्लेख गरे । संसदीय जितलाई उनले आफ्नो इमान्दारिता र निष्ठाप्रति जनताको विश्वासका रूपमा लिएको बताए । पार्टीको समग्र परिणाम भने सोचेभन्दा कम आएको उनले बताए ।

 

‘यो हामीले सोचेभन्दा कम हो । हाम्रा कमी(कमजोरी पनि भएका होलान् । तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने। एकीकृत समाजवादीले अहिलेसम्म ७ मा जित हात पारेको छ भने तीन ठाउँमा अग्रता लिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
100 %

छुटाउनुभयो कि?

सबै