• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

एनसेलले सुरु गर्यो नयाँ प्रिपेड प्लानहरु, ग्राहकका लागि सुविधै-सुविधा

खबरमुकाम । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु सुरु गरेको छ । यसअन्र्तगत ग्राहकले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् ।  
 
नयाँ प्रिपेड प्लानअन्तर्गत तीनवटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु आइतबार (मंसिर ४) देखि सञ्चालनमा आएका छन् । ग्राहकले सजिलोको करसहित रु. ९७, सहयात्री प्लानको रु. ९८ र सही यो प्लान रु. ९९ मा लिन सक्नेछन् । 

स्टार्टर प्याकअन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्दछन् । यसमा रु १० मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ । 

त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कलअन्तर्गत करसहित रु १.६२ प्रतिमिनेटमा कल, रु १ मा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस करबाहेक रु १ मा पठाउन सक्छन् । यस्तै, वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको छ । यो प्लानअन्तर्गत ग्राहकले रु १० मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । 

यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन् । सहयात्री प्लानअन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवाअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफूले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन् । 

साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्छन् । त्यस्तैगरी अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान । यो प्लानअन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसिमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । 

साथै यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजनाअन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्यरातसम्म रु. २०० र सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् । प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ। बोनस रकम ३ दिनका लागि मान्य रहन्छ । 

नेपाल घुम्न आउने पर्यटकका लागि पनि एनसेलले रु। १००, रु. ५०० र रु. १००० का तीन प्लानहरु प्रदान गर्दै आएको छ । रु. १०० को प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । रु. ५०० को प्लानमा पर्यटकले रु ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन्। 

त्यस्तै रु. १००० को प्लानअन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले रु ५० मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसीमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै