• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

यी हुन् माओवादी केन्द्रले अग्रता लिएका १४ सिट [हेर्नुस]

खबरमुकाम । नेकपा(माओवादी केन्द्र)ले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा १४ सिटमा अग्रता लिएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ जना सुरुवाती मतगणनामा पछाडि रहेको देखिन्छ । 

१. रूकुम पूर्व
रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १ हजार ६२९ का साथ अग्रस्थानमा छन् । उनलाई एमाले उम्मेदवार कैलाश कुमार मल्लले ४६८ मत ल्याएर पछ्याइरहेका छन् । 
२. सर्लाही–२
सर्लाही –२ माओवादी केन्द्रका महिन्द्र राय यादव १ हजार ११३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतो ८४२ मत प्राप्त गरेका छन्  । 
३.बाग्लुङ–२ 
बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेलले ४ हजार ८३९ मतसहित अग्रता लिएका छन् । पौडेललाई एमालेकी मन्जु शर्मा ३ हजार ९१८ मतका साथ पछ्याइरहेकी छिन् । 
४.सिन्धुली – २
सिन्धुली – २ माओवादी केन्द्रका लेखनाथ दाहाल ४ सय ५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २२४ पाएका छन् ।  
५. खोटाङ
खोटाङमा माओवादी केन्द्रका रामकुमार राई १ हजार ४३१ मत ल्याएर अगाडि छन् । एमालेका विशाल भट्टराई १ हजार ३६१ मत ल्याएर पछ्याइरहेका छन् । 
६.भोजपुर
भोजपुरमा पनि माओवादीका सुदन किरातीले अग्रता बनाएका छन् । किरातीले १ हजार ५५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका शेरधन राई १ हजार ८५ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।  
७.महोत्तरी– १ 
महोत्तरी– १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल १ हजार ७३३ मतसहित अग्रस्थानमा छन् ।  एमाले उम्मेदवार लझ्मी महतो कोइरी १ हजार ६९७ मत पछ्याइरहेका छन् ।
८. मोरङ– ४
 मोरङ– ४ मा माओवादीका अमनलाल मोदीले अग्रता लिएका छन् । उनले ५ हजार ७९२ मत पाउँदा एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ४ हजार १४९ मत पाएका छन् ।  
९.रोल्पा
रोल्पामा पनि माओवादी केन्द्रका वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् । पुनले ४ हजार ५५७ मत प्राप्त गर्दा एमाले उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मतका साथ पछ्याइरहेका छन् । 
१०.दाङ– २ 
दाङ– २ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ५ हजार ३९४ मतसहित अग्रता बनाउँदा एमालेका शंकर पोखरेलले ४ हजार ३६२ मतसहित पछ्याइरहेका छन् । 
११.गोरखा– २
गोरखा– २ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड निकै फराकिलो मतान्तरले अगाडि छन् । प्रचण्डले ३ हजार ७८५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९३५ मत पाएका छन् । 
१२.जाजरकोट
जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् । उनले २ हजार ६८४ मत पाउँदा एमालेका निरजप्रसाद आचार्य २ हजार १०९ मतसहित पछ्याइरहेका छन् । 
१३. रुकुम पश्चिम

रुकुम पश्चिममा जनार्दन शर्माले अग्रता लिइरहेका छन् ।
१४. सुनसरी- १
सुनसरी १ बाट मुक्सामहाङ सुब्बाले पनि अग्रता लिइरहेका छन् ।
मत गणना जारी छ । हामी यहाँहरुलाई निरन्तर अपडेट गराउनेछौं । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
25 %
WOW
0 %
 Like
75 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै