• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

बाजुरामा एउटा मतपेटिकामा आगजनी

खबरमुकाम । बाजुरामा एउटा मतपेटिकामा आगजनी भएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो । 

क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन ।

 

मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै