• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

खल्तीको विश्व कप टिभी प्याकेज जित्न सक्ने रोमाञ्चक उपहार, यी हुन् अफर प्याकेजहरू...

खबरमुकाम । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि नोभेम्बर २०, २०२२ देखि कतारमा हुन गईरहेको फुटबल वर्ल्डकपको लागि वर्ल्डकप टिभि प्याकेज ल्याएको छ ।  जहाँ प्रयोगकर्ताहरूले ५०० रूपैयाँ (भ्याट ६५ रूपैयाँ) मा प्याकेज खरिद गर्न सक्नेछन् । 

२५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गर्दै आइरहेको खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १,००० वर्ल्ड कप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्याएको हो । जसमा प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्व कप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्व कप टिभी प्याकेज खरिदमा १०० प्रतिशत क्यासब्याक पाउनेछन् । 

विश्वभरी हेरिने खेलकुद मध्ये फुटबल वर्ल्डकपको सिजनलाई धमकेदार क्रेजको रुपमा संसारले लिने गरेको छ । यसै तवरमा आम–ग्राहकहरुको मनोभावनालाई ध्यानमा राख्दै खल्तीले प्रत्येक नेपालीको घरघरमा यो सेवा तत्काल उपलब्ध गराउने अभिलासाले यस्तो अफर प्याकेज ल्याएको खल्तीका एक शिर्ष कर्मचारीले बताए । यो सेवा तत्काल उपलब्ध गराउने सुनिश्चित गर्न डिजिटल भुक्तानीको सुविधा दिन पाउँदा सम्पूर्ण खल्ती टिम खुसी भएको उनको भनाइ थियो । 

खल्ती एप भित्र नेट टिभी लगायतका अन्य टिभि प्रदायकहरूको वर्ल्डकप टिभी प्याकेजहरू उपलब्ध छन् । सबै खल्ती प्रयोगकर्ताहरूले अफरमा सहभागी हुन सक्नेछन् भने लक्की ड्र कोलागि योग्य हुन केवाईसी भेरिफाइड अनिवार्य छ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै