• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

आदिवासी जनजातिको जीवन स्तर सुधारका लागि विश्व बैंकको ५८ करोड सहयोग

खबरमुकाम । नेपालको वनक्षेत्रमा बसोबास गर्ने आदीवासी जनजाति तथा स्थानीय समुदायहरुको क्षमता सुदृढ गर्न वल्ड्र बैंकले ५८ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त सम्झौतामा नेपालको नेतृत्व गर्दै नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका अध्यक्ष डा.अर्जुन कार्की र वल्ड्र बैंकको तर्फबाट माल्दिभ्स,नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार जनजाति र स्थानीय समुदायका लागि पाँचवर्षे लक्षित अनुदानले स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा नेपालको वन विनास तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जन न्यूनिकरण गर्ने प्रक्रियामा सहभागी भई विभिन्न क्रियाकलाप मार्फत आदिवासी जनजाति र स्थानीय समुदायहरुको क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ । 

नेपालले न्युन मात्रामा कार्बन उत्सर्जन गर्ने भएता पनि जलवायु परिवर्तन जोखिममा नेपाल अग्रणी स्थानमा रहेको छ । जलवायु परिवर्तनको असर न्युनिकरण गरी आदिवासी, जनजाति तथा स्थानीय मानिसहरुको जीवनस्तर उकास्न यस परियोजनाको लक्ष्य रहेको छ ।

परियोजनाको रकम विशेषतः मधेस र लुम्बिनी प्रदेशका वनमा आश्रित समुदायका लागि खर्च हुने वल्र्ड बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै