• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

चुनाव लक्षित गीत ‘कमिसन’ बजारमा [भिडियोसहित]

खबरमुकाम । गायक एंव संगीतकार कर्साङ लामाको चुनाव लक्षित गीत ‘कमिसन’ बजारमा आएको छ । गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत आइतबार सार्वाजानिक गरिएको हो ।

 गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार कर्साङ लामाको आवाज रहेको गीतलाई विवेक लोप्चनले लेखेका हुन् । जेम्स जिम्बाको र्याप कम्पोज गरेको गीतलाई कर्साङ लामाले नै संगीत संयोजन र मिक्सिङ गरेका हुन् ।

 

पछिल्लो समय निकै चर्चा बटुलिरहेका र्यापर निमा लामाको र्याप रहेको गीतमा निर्वाचनमा हाम्रोलाई भन्दा राम्रोलाई छान्नु पर्ने सन्देश छ ।  तामाङ चलचित्र जगतका महानायक अमिर दोङ तामाङले निर्देशन , त्रिलोक लामाले छायांकन र राजु लामाले सम्पादन र कलर गरेका हुन । भिडियोमा यग्य मोक्तान र अशिम लोप्चन तामाङलाई पनि देख्न सकिन्छ ।

भिडियो हेर्न Link क्लिक गर्नुहोस् :- https://youtu.be/q9dyMkF28JA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै