• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

शिवराज श्रेष्ठसँग मिल्यो निहारिका राजपुतका छोराको डीएनए

खबरमुकाम। ‘कुमारी आमा’ निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसंग मिलेको छ। ८ भदौमा उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न  आदेश दिएको थियो।

खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको एक महिला अधिकारकर्मिले बताइन्।

 

श्रेष्ठले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए। त्यसका लागि डीएनए जाँच गराउन आफू तयार रहेको बताएका थिए ।

निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी थिइन् । उनले पटक पटक बिभिन्न ठाउँमा आत्महत्याको प्रयास समेत गरेकि थिईन्।

उनले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँचन पाउने संवैधानिका अधिकारको सुनिश्चितताका लागि पनि सरकारले पहल गर्नुपर्ने माग गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै