• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

पहिलो साता ‘के घर के डेरा’को कमाइ ३.६३ करोड

खबरमुकाम । नेपाली चलचित्र ‘के घर के डेरा’ ले पहिलो साता ३ करडोड ६३ लाख रुपैयाँ कमाइ गरेको छ । गत शुक्रवार अथार्त कार्तिक ४ देखि प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मले तिहारको लामो बिदाको फाइदा उठाउँदै दर्शक हलसम्म तान्न सफल भएको छ । शुक्रवार आशावादी व्यापार गरेको यो फिल्मले शनिवार देखि देशभर हाउसफुलको व्यापार गर्‍यो ।

शुक्रबार निर्माण कम्पनी ए प्लस इन्टरटेन्मेन्टले विज्ञप्ति जारी गर्दै चलचित्रले पहिलो साता ३ करोड ६३ लाख रुपैयाँ कमाई गरेको उल्लेख गरेको छ । चलचित्रले तिहारको बिदाको मौकामा आक्रामक कमाई गरेको हो । दोस्रो साताको पहिलो दिन पनि चलचित्रले देशभर हाउसफुल व्यापार गरेको छ ।
 

चलचित्रमा काठमाडौंमा घर हुने र नहुने कथा प्रस्तुत गरिएको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने कुरालाई चलचित्रमार्फत देखाइएको छ । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, विपीन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिकामा छन् । 

साथै चलचित्रमा रबीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतको पनि अभिनय रहेको छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै