• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

देशका केही स्थानमा वर्षाको सम्भावना

खबरमुकाम। आज (शनिबार) देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार आज दिउँसो प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको छ।

 

 

यसबाहेक पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। 

यस्तै आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सफा रहनेछ।  

अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै