• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

पल शाहले कारागारमै लगाए भाइटीका

खबरमुकाम। कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्।

यौन दुरुपयोग गरेको आरोपमा २ वर्ष ६ महिना सजाय पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका प्रमुख अधिकारीले बताए। 

 

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा २ वर्ष ६ महिना कैद सुनाएको थियो। साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ।

तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै