• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

यो मेरो मात्रै मुद्दा होइन,सबै नेपालीको वाक स्वतन्त्रताको लागि हो;अपूर्वक्षितिज सिंह

खबरमुकाम। बिहीबार साढे २ लाख धरौटीमा छुटेका अपूर्वक्षितिज सिंहले आफू हारे जसले जसलाई पनि मुद्दा हाल्न सकिने 'नजीर' बस्ने प्रतिक्रिया दिएका छन्।

 

 

शुक्रबार आफ्नो फेसबुकमा स्टाटस लेखेर कमेडी गरेकै भरमा कमेडियनलाई थुनेको यो पहिलो घटना भएको तर यो आफ्नो मात्र मुद्दा नभएर सबै नेपालीको वाक स्वतन्त्रता को लागि भएको बताएका हुन। 

‘यो हार्‍यो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ। कसैले केही बोल्न पाउँदैन,मान्छे किन देश छोडेर जान्छन् भन्ने मैले बल्ल बुझ्दैछु। तर म जान्नँ, यो केस म जितेर नै छाड्छु। सिए पढेको मान्छे हो, हार्न सिकेको छैन। यो मेरो मात्रै मुद्दा होइन। यो हामी सबै नेपालीको वाक स्वतन्त्रताको लागि हो।’ उनले भने। 

यस्तै उनले आफूलाई यस मुद्दामा सहयोग गर्ने सहकर्मी, साथीभाइ र सुभचिंतकहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै